Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्नबाली छोडेर टिमुर खेती गर्दै किसानहरु

  •   १ वर्ष अघि | १ साउन २०८२, बुधबार

असार ३२, काठमाडौँ । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि किसान टिमुरखेतीमा आकर्षित भएका छन्।

बाँदर र बदेलले खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन्।

टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको किसानहरुले बताएका छन। अहिले पाल्पा रैनादेवी छहरा गाउँपालिका सबै किसानका बारीभरी टिमुरको रुख देख्न सकिन्छ।

बारी र बाँझो जमिनमा यहाँका सबैजसो किसानले टिमुर लगाएका छन। वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै नसकिने स्थिती आएपछी, त्यसको विकल्प टिमुरखेती बनेको हो। टिमुर खेतीबाट आम्दानीसमेत राम्रो हुँदै आएको छ।

पहिले मकैखेती गर्दै आएका किसानले अहिले बारीमा टिमुरका बिरुवा लगाएका छन्। किसानका अनुसार हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन्, मेहिनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाका हौँ।

यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन्।

  • न्युज बहार संवाददाता

थप