Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

व्यावसायिक अङ्गुर खेती हेर्ने आन्तरिक पर्यटक बढ्दै

  •   १ वर्ष अघि | १५ असार २०८२, आइतवार

असार १५, तनहुँ । तनहुँ जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुर खेती गरिएको  छ। उक्त अङ्गुर खेती अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुर खेती हेर्न आन्तरिक पर्यटक पुग्न थालेका छन । 

पाँच वर्षअघि काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अङ्गुर खेती सुरु गरेका थिए। विसं २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती सुरु भएको अङ्गुर फार्ममा अहिले लटरम्म अङ्गुर फलेका देख्न सकिन्छ । 

कार्कीका अनुसार अहिले डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अङ्गुर पलिरहेका छन । दैनिक ५० जनासम्म आन्तरिक पर्यटक जिल्लाको पहिलो अङ्गुर खेती हेर्न यहाँ पुग्ने गरेका छन् । 

  • न्युज बहार संवाददाता

थप