फागुन ११, काठमाडौं । बैंकिङ कसुर सम्बन्धी
आरोपमा निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका
प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई घरबाटै पक्राउ गरिएको जानकारी दिएका
छन । उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो ।
काठमाडौं
टावर काठमाडौंको पुरानो बसपार्कमा निर्माण गरिरहेका मनोज भेटवाल यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्
। भेटवाललाई केही वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एपेक्स
बैंक घोटला प्रकरणमा समेत पक्राउ गरेको थियो ।