बैशाख २३, काठमाडौं । सुनसरीको इटहरीमा प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका-२ का ३८ वर्षका जमिल खातुन रहेको प्रहरीले जनाएको छ।
खातुनले केही दिन अगाडी स्थानिय मेलामा एक हजारको नक्कली नोट दिएर सामान किनेको थाहा भएपछी खोज्दै र अनुसन्धान गर्दै जाने क्रममा अन्य ६ थान एक हजारको र २२ थान ५०० रुपैयाँको नोट भेटिएको प्रहरीले जनाएको छ ।
- न्युज बहार संवाददाता