Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रहरीबाट खोसेको हतियार र नगद युवाहरूको समूहले नेपाली सेनालाई बुझायो

  •   १ वर्ष अघि | २५ भदौ २०८२, बुधबार

भदौ २५, काठमाडौँ ।  मंगलबारको झडपका क्रममा सुरक्षाकर्मीहरूसँग युवाहरूको समूहले खोसेका करिब दुई दर्जन हतियार नेपाली सेनाको जिम्मामा बुझाइएको छ ।

पछिल्लो विवरणअनुसार, भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका सेनालाई केही युवाले ती हतियारहरू सुम्पिएका हुन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म विभिन्न स्थानबाट नेपाली सेनाले २३ थान हतियार पुनः प्राप्त गरिसकेको छ । साथै, लुटिएको ३३ लाख ७० हजार रुपैयाँ नगद र केही सञ्चार उपकरणहरू पनि सेनाले फिर्ता पाएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप