फागुन २३, फिदिम। जंगलमा लागेको डढेलो वस्तीमा
पस्दा पाँचथरको कुम्मायक गाउँपालिका-१ को दुई वटा घर जलेर नष्ट भएका छन। पाँचथर
कुम्मायक गाउँपालिका-१ साठीमुरेमा
वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुर चाम्लिङको घर आगलागीबाट जलेर नष्ट भएको
प्रहरीले जानकारी दिएको छ।
सोमबार
साँझ करिब ५ बजेतिर घरमा आगो सल्किन सुरु गरेको थियो। स्थानीयवासी र प्रहरीले आगो
निभाउन प्रयास गरे तर आगो निभाउन सकिएन।
घरमा आगो
लाग्दा घरसँगै लत्ताकपडा, अन्नपात, गहना र नगदसमेत
गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
- न्युज बहार संवाददाता