Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मार्जिन ट्रेडिङमा नासा पहिलो ।

मार्जिन ट्रेडिङमा नासा पहिलो ।

  •   ४ वर्ष अघि | ५ माघ २०७९, बिहिबार

माघ ५, काठमाडौं । नासा सेक्युरिटिज ब्रोकर नं ५८ ले नेपालमै पहोलो पटक लगानीकर्ताहरुलाई शेयर ब्रोकर अफिसबाटै कर्जा लिएर शेयर खरिद गर्न सक्ने मार्जिन ट्रेडिङमा कारोबार सुबिधा गत कार्तिक ३ गते देखी सुरु गरेको छ । नासा सेक्युरीटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्यबिधी, २०७५ बमोजिमा लगानीकर्ताहरुको लागी साबिक, संशोधीत सहित थप २ नयाँ योजनाहरु सार्बजनिक गरेको छ । उसले सार्वजनिक गरेको थप दुई योजनामा लगानीकर्ताहरूले २५ लाखसम्मको कारोबार गर्न सक्नेछन्। २५ लाख सम्मको कारोबार गर्ने लगानीकर्ताले ४० प्रतिशत रकम भुक्तान गरी ३० दिन सम्म रकम चलाउन पाउने छन्। ३० दिनकोलागि २५ लाख रकम चलाए बापत सेवाग्राहीले २४ हजार पाँच सय ५५ रुपैयाँ सेवा शुल्क बुझाउनु पर्ने छ। साथै २५ लाख रुपैयाँ नै ५८ दिनको लागि चलाउने सेवाग्राहीले ४९ हजार नौ सय ५५ रुपैयाँ सेवा शुल्क तिर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ।

साथै साविकको योजना अन्तर्गत रु १० लाख सम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ३० र ५८ दिने अबधिका लागी जम्मा शुल्क क्रमश रुः ९५५५ र १९५५५ मात्र लाग्ने गरी संशोधन गरिएको जानकारी दिएको छ ।

यसैगरी गत कार्तिकमा सार्वजनिक भएको साविक स्किममा  सेवा शुल्क घटाइएको छ। उसले सार्वजनिक गरेको ३० दिने स्कीममा ४.४४ प्रतिशत र ५८ दिने स्किममा ७.१३ प्रतिशत शुल्क घटाएको जनाएको छ।

 

थप