मंसिर ५, काठमाडौँ । आज मंगलबार भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ बाँडफाँट भएको छ।
कम्पनीको
आइपिओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । बाँडफाँटमा कुल २ लाख ७ हजार ५२८ जना आवेदकहरूले
सेयर प्राप्त गरेका छन्।
कात्तिक
१६ गतेदेखि २० गतेसम्म कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।
सर्वसाधारणका लागि कम्पनीले कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ निष्कासन
गरेको हो।
आइपिओ बाँडफाँटको
नतिजा लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर वेबसाइटबाट तथा कम्पनीको
वेबसाइट र सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट
पनि हेर्न सक्नेछन्।
- न्युज बहार संवाददाता