जेठ
३२, काठमाडौँ। आज बिहीबार देखि घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले प्रिमियममा
आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।
घोराही
सिमेन्ट इण्डष्ट्री कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेपश्चात
सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले सर्वसाधारणका लागी प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको हो।
आजबाट
खुलेको आइपिओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री
अवधि असार १४ गतेसम्म रहनेछ।
- न्युज बहार संवाददाता