कार्तिक
२०, काठमाडौँ । ५२ हप्ता यताकै न्यून बिन्दु पुगेपछि सेयर बजार परिसूचक नेप्से फर्किएको
छ।
सोमबार बजार दोहोरो अंकले बढेको
छ।
आज
सोमबार २१.३० अंक (१.०० प्रतिशत)ले बजार बढेर १८४४.६५ बिन्दुमा बन्द भएको छ।
नेप्से
बढेपनि कारोबार रकम भने बढ्न
सकेको छैन।
आज
भएको छ।
यस दिन २८३ वटा धितोपत्रको ३५
लाख ५५ हजार ६७० कित्ता सेयर किनबेचबाट ९३ करोड ८९ लाख २९ हजार ४० रूपैयाँको सेयर
कारोबार भएको हो।
यसदिन
हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ
भने सेयर मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घट्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था
रहेको छ।
आज बजारमा सोल्टी होटल लिमिटेडको सेयर सर्वाधिक कारोबार
भएको छ।
आज
२१९ वटा ऋणपत्र तथा धितोपत्रको सेयर मूल्य बढेको छ भने ४९ वटाको घटेको छ।
आज
कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै ३.७३ प्रतिशतले होटल्स
तथा पर्यटन समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता