असोज
१४, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ३३.२० अंकको
गिरावट आएको छ।
आज
नेप्से १.६५ प्रतिशतले घटेर १९७१.१० बिन्दुमा बन्द भएको हो।
नेप्से
परिसूचक घटिरहँदा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बृद्धी छ ।
यस
दिन उक्त रकम बढेर पुगेको छ।
यस
दिन २८४ वटा धितोपत्रको ६७ लाख २३ हजार ४०० कित्ता सेयर किनबेचबाट १ अर्ब ८३ करोड
४ लाख ८६ हजार ७४३ रुपैयाँको कारोबार भएको छ ।
यस
दिन सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक १० प्रतिशत घट्नेमा
एशियन हाइड्रोपावर, सिटिजन
लाइफ इन्स्योरेन्स, अपर
हेवाखोला हाइड्रोपावर रहेको छ।
आज नेप्सेमा सर्वाधिक कारोबार सिटिजन लाइफ इन्स्योरेन्सको भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । आज यसदिन सर्वाधिक ३.३२ प्रतिशतले जलविद्युत समूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता