चैत
१२, काठमाडौँ । मंगलबार नेप्से परिसूचक
घटेर बन्द भएको छ। यस दिन नेप्से यस दिन नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३
विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक करिब साढे २ महिनापछि २६०० विन्दुमुनि
झरेको हो।
नेप्से घटेपनि यस दिन कारोबार
रकम भने बढेको छ। बजारमा यस दिन ३२५ स्टकको ६२ हजार २१ पटकको कारोबारमा ५ अर्ब १८
करोड ७ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री
भएको हो ।
यस दिन ९.५ प्रतिशते एनसीसी डिबेञ्चर २०८६ को बढेको छ। यस
दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.७३ प्रतिशतले घटेको
छ।
यस दिन कारोबार रकमका
आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष सनमा रहेको छ। उक्त कम्पनीको यस दिन २३ करोड
२० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
आज
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये सर्वाधिक ३.५० प्रतिशत वित्त
उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता