Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चौथो कार्य दिनमा हिमालयन रिइन्स्योरेन्स आईपीओमा माग भन्दा बढी आवेदन

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । चौथो कार्य दिनसम्ममा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओमा साढे १४ लाख बढी आवेदकले आवेदन दिएका छन् । आज आइतबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका छ ।

आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म कम्पनीको आईपीओमा १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको छ।मंसिर २७ देखि पुस २ गतेसम्म कम्पनीले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आज सुचना जारी गर्दै आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप