जेठ २२, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको
आंशिक प्रभाव रहिरहेको छ। पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक
प्रभावले देशको तराईका केही भू-भागहरुमा तातो हावा र लू चलिरहेको छ भने देशभरको अधिकतम र न्यूनतम
तापक्रम खासै नघट्ने देखिएको छ।
आज सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ ।
तातो हावा लू वाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले
अनुरोध समरत गरेको छ।
- न्युज बहार संवाददाता