Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नयाँ बर्षको पहिलो दिनको मौसम, आज वर्षाको सम्भावना छ?

  •   २ वर्ष अघि | १ बैशाख २०८१, शनिबार

बैशाख १, काठमाडौँ । आज वर्ष १०८१ को पहिलो दिन । नयाँ वर्षको अवसरमा नेपालीहरूले एक आपसमा शुभकामना आदानप्रदान तथा घुमफिर गरेर मनाइरहेका छन् । तर आज टाढाको यात्रा तय गरेकाहरूलाई भने मौसमले चुनौती दिने देखिएको छ । किनकी मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यसको प्रभावले अहिले बिहानको समयमा कोशी प्रदेश, बागमती प्रदेश र मधेस  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

त्यसैगरी आज दिउँसो  देशको पहाडी भूभाग लगायत सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सफा रहने छ भने कोशी प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

महाशाखाका अनुसार आज राति भने गण्डकी प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

  • न्युज बहार संवाददाता

थप