भदौ २०, काठमाडौँ
। अहिले देशको मनसुनी मौसममा बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक
प्रभाव रहेको छ। यसको प्रभावले अहिले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम
प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि
सामान्य बदली रहेको छ।
देशभर आज दिउँसो आंशिकदेखि सामान्य बदली रहि बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राति भने कोशी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता