माघ २६, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ । यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम
मुख्यतया सफा रहेको भने तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज
दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश
र कोशी प्रदेशको
पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली
भूभागका एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका
अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा
हिमाली भूभागका एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता