जेठ २५, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहिरहेको छ। पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो कर्णाली प्रदेशका, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनकी गराएको छ।
तराईका धेरैजसो भू-भागहरूमा आगामी केही दिनसम्म अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने र तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा 'लू' को सम्भावना यथावत् रहेकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
- न्युज बहार संवाददाता