भदौ ४, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको दक्षिणमा अवस्थित छ भने नेपालमा भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
यसको प्रभावले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता