साउन ६, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनी वायुको आंशिक प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहि कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यता लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
- न्युज बहार संवाददाता