मंसिर
२३, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ । यसको प्रभावले शनिबार देशको पहाडी भू-भागमा आंशिक
बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज कोशी
प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी
तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले
जनाएको छ।
- न्युज बहार संवाददाता