असार २३, काठमाडौँ । अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। आज शनिबार सबै सातै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ।
त्यसैगरी आज सुदूरपश्चिम प्रदेश र लुम्बिनीका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेकोले महाशाखाले सचेत रहन अनुरोध समेत गरेको छ।
- न्युज बहार संवाददाता