असोज ५, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ भने नेपालमा झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि रहेको छ । यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही साथै कर्णाली प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
देशभर आज दिउँसो आंशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी प्रदेश र मधेस प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति भने गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश र कोशीको एक दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता