पुस १३, काठमाडौँ । आज काठमाडौँ सहित देशभरको मौसम बदली भएको छ।
आज बिहान
देखि नै उपत्यकामा धुम्म बादल लागेको छ भने घाम लागेको छैन । आज देशमा पश्चिमी
वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली
भएको मौसमविदले जनाएका छन ।
जल तथा
मौसम विज्ञान विभाग, मौसम
पूर्वानुमान महाशाखाका अनुसार आज धेरै स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने छ।
हिजो
साँझ पश्चिम नेपालबाट बदली सुरू भई अधिकांश क्षेत्रमा फैलिएको हो।
- न्युज बहार संवाददाता