असोज २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिबाट गएको जेठ ३१ गतेदेखि नेपालमा प्रवेश गरेको यसवर्षको मनसुन पूर्णरुपमा बाहिरिने छ ।
औसत मिति अनुसार अक्टोबर ३ नेपालबाट मनसुन बहिर्गमनको मिति हो तर यसवर्ष मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो ।
नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको र यो मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईले बताएका छन ।
- न्युज बहार संवाददाता