चैत ३०, काठमाडौँ । काठमाडौँको वायुमण्डलमा रहेको धुवाँ—धुलोको मात्रा हिजो भएको वर्षाले केही कम
गरेको छ ।
जल तथा
मौसम विज्ञान विभागकाअनुसार बिहीबार काठमाडौँको सुन्दरीजल केन्द्रमा पछिल्लो २४
घन्टामा १२ मिलिमिटर वर्षा भएको हो ।
आइक्यु एयर इन्डेक्सका अनुसार वर्षाले काठमाडौँको वायु प्रदूषण घटेको छ ।
अहिले नेपालमा विश्वका प्रदूषित सहरमध्ये काठमाडौँ चौथो स्थानमा रहेको सिंगापुरले
रियल टाइममा मापन गर्ने वायु शुद्धता सूचकांकले देखाएको छ ।
- न्युज बहार संवाददाता