असोज २३,
काठमाडौँ । नेपालको पूर्वी तथा मध्य भागमा हाल मनसुनी वायुको आंशिक प्रभाव रहेको छ
। यसको प्रभावले हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा
आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज
दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिकदेखि
सामान्य बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा
तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ्ग सहित हल्का
वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
राति भने
गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिक देखि सामान्य
बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेशका
एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता