Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

झनझन चिसिँदै काठमाडौँ, भोली मौसम सफा हुने

  •   ३ वर्ष अघि | २७ मंसिर २०८०, बुधबार

मंसिर २७, काठमाडौँ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको रहेको छ ।

आज बिहान पौने ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको र यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको महाशाखाका मौसमविद सरोज पुडासैनीले जानकारी दिएका छन । मौसमविद पुडासैनीले भने, ‘केही दिनयता न्यूनतम तापक्रम घट्दै गइरहेको छ, तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको छ ।’

आज बुधबार दिउँसो काठमाडौँको न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान गरिएको मौसमविद पुडासैनीले जनाएका छन । मंगलबारदेखि चिसो मौसमी प्रणाली नेपाल प्रवेश गरेको र त्यो कम्तिमा बुधबारसम्म रहने मौमविदले जनाएका छन भने आजको तुलनामा भोलि (बिहीबार) मौसम सफा हुने पुर्वानुमान गरिएको छ ।  

  • न्युज बहार संवाददाता

थप