Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देशभर राजस्थान क्षेत्र आसपासको न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा वर्षा हुने सम्भावना

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

मंसिर १४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले हाल मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

आज दिउँसो सुदुरपश्चिम बाहेकाका अन्य प्रदेशहरु र देशको बाँकी पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै देशका  हिमाली तथा उच्च पहाडी भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज बिहिबार राति भने गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश लगायत देशको बाँकी पहाडी भूभागमा आंशिक बदली  रही गण्डकी प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप