Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस्तो छ आजको मौसम, वर्षा र हावाहुरीको सम्भावना

  •   २ वर्ष अघि | २६ बैशाख २०८१, बुधबार

बैशाख २६, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जनाएको छ । यसको प्रभावले अहिले देशको  पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली  रही एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ  ।

आज बुधबार दिउँसो तराईका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाका साथै देशभर आंशिकदेखि साधरणतया बदली रही देशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर आंशिक देखि साधरणतया बदली रही मधेस प्रदेश,  लुम्बिनी प्रदेश, बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप