असार २२,काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी वायुको प्रभावले अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। यस समय बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी आज बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।
आज राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता