Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १५ जेष्ठ २०८१, मङ्लबार

जेठ १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ भने गण्डकी प्रदेश र बागमती प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज मंगलबार दिउँसो मधेस प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप