जेठ ३, काठमाडौँ
। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा नेपालमा स्थानीय वायु र पश्चिमी
वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले अहिले कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको
छ भने बाँकी भुबागमा मौसम सफा रहेको छ ।
आज बिहिबार
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश
र बागमती प्रदेशको
पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली
प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र
हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी
आज राति कोशी प्रदेश लगायत कर्णाली प्रदेश, बागमती प्रदेश
र गण्डकी प्रदेशको
पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली
प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र
हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता