साउन ४, काठमाडौँ
। देशमा अहिले मनसुनी वायुको प्रभाव रहिरहेको छ। हाल लुम्बिनी प्रदेश तथा देशका
पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने
बाँकी भू–भागमा
आंशिक बदली देखि सामान्यतया सफा रहेको छ र बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका
थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहिबार
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू
भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।
त्यसैगरी महाशाखाले आज राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
- न्युज बहार संवाददाता