असोज २२, काठमाडौँ । नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट आइतबारदेखि यस वर्षको मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशर सुदूरपश्चिमको पश्चिमी भू-भागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो ।
नेपालको पूर्वी तथा मध्य भागमा हाल बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यी चारै
प्रदेशका थोरै स्थानहरूमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
रहेको छ ।
- न्युज बहार संवाददाता