असार २७, काठमाडौँ। अहिले देशमा मनसुनी वायुको प्रभाव रहिरहेको छ। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ भने मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती भने देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेकोले सचेत रहना महाशाखाले अनुरोध गरेको छ।
- न्युज बहार संवाददाता