Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज तिन प्रदेशमा वर्षाका साथै, दुई प्रदेशमा हावाहुरीको सम्भावना

  •   २ वर्ष अघि | ९ बैशाख २०८१, आइतवार

बैशाख ९, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय वायु र नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।

आज दिउँसो कर्णाली प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनुका साथै यी तिन प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति कोशी प्रदेश र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना समेत रहेको छ।

 

  • न्युज बहार संवाददाता

थप