Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यती एअरलाइन्सद्वारा प्रायोजित 'वुमन विथ द विङ्गस' प्रतियोगिता भव्य रूपमा सम्पन्न

  •   १ वर्ष अघि | १९ साउन २०८२, आइतवार

साउन १८, पोखरा । पर्यटकिय नगरी पोखरामा यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल 'वुमन विथ द विङ्गस' को प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

२६ जना प्रतिस्पर्धीहरूले प्रस्तुतिको शैली, आत्मविश्वास, विचारशीलता र प्रेरणादायक व्यक्तित्वका आधारमा सम्पन्न प्रतियोगितामा उनिहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

यती एअरलाइन्सले 'वुमन विथ द विङ्गस' सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको पहिचानका लागि प्रदान गर्ने सम्मान हो।

यती एयरलाइन्सले यस उपाधिको माध्यमबाट महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी भूमिकालाई प्रोत्साहन गर्दै आइरहेको छ।

प्रतियोगितामा सहभागी युवतीहरूले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्त रूपमा अभिव्यक्ति दिएका थिए।

  • न्युज बहार संवाददाता

थप