Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन तोलाको दुई लाख १० हजार ४ सय

  •   १ वर्ष अघि | २० भदौ २०८२, शुक्रबार

भदौ २०, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य निरन्तर रूपमा बढ्दै गएको छ। बिहीबार स्थिर रहेको सुनको दर शुक्रबार एकैदिन प्रतितोला २५ सय रूपैयाँले वृद्धि भई दुई लाख १० हजार ४ सय रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार, बिहीबार यो दर प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च भएका कारण यसको असर स्थानीय बजारमा पनि परेको देखिन्छ।

साथै, चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ। बिहीबार प्रतितोला २४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रूपैयाँले बढेर २४ सय ९० रूपैयाँ पुगेको छ।

  • न्युज बहार संवाददाता

थप