Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा लिदैँ

  •   ५ महिना अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर र  अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने जनाएको छ । पुनः प्रवेश परीक्षाको सूचना मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले   जारी गरेको हो ।

डीनको कार्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा कम विद्यार्थीहरू भर्ना भएपछि पुनः प्रवेश परीक्षा गर्न लागेको जनाएको छ । त्यसका लागि आवेदन फारम फागुन १५ गतेदेखि फागुन २३ गते राति १२ बजेसम्म भर्न सकिने छ । स्नातकोत्तर तह र अधिस्नातकको पुनः प्रवेश परीक्षा फागुन २६ गते हुने डीनको कार्यालयले जनाएको छ ।

यसपटक आवेदन दस्तुर ३ हजार रूपैयाँ लाग्ने र यो अनलाइन मार्फत नै बुझाउन सकिने छ भने प्रवेश परीक्षामा सम्बन्धित विषयको स्नातक तहको पाठ्यक्रमका आधारमा बहुवैकल्पिक प्रश्नहरू ५० वटा सोधिनेछन् । फागुन २९ गते प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिनेछ ।

  • न्युज बहार संवाददाता

थप