Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज २६१औँ सेना दिवस, सैनिक टुँडीखेलमा विशेष कार्यक्रम गरि मनाइदैँ

  •   ३ वर्ष अघि | २५ फाल्गुन २०८०, शुक्रबार

फागुन २५, काठमाडौँ ।   आज देश नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सव मनाउँदै छ । आज शुक्रबार नेपाली सेनाले मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ यस सेना दिवसलाई हर्ष र उल्लासका साथ मनाउँदै छ ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुदैछन । हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रिको दिनलाई आफ्नो सेना दिवसका रूपमा मनाउँदै आएको छ । यस अवसरमा सैनिक मञ्च टुँडीखेलमा तोप बढाइँ, परेड (शस्त्राभ्यास) तथा कवाजलगायत विविध सांस्कृतिक कार्यक्रमको आयोजना हुने गरेको छ ।  

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार यसपटकको सेना दिवस समारोहमा मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय पुरुष  र तीन सय महिला सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 
सेना दिवसका अवसरमा जङ्गीअड्डा मातहतका बाहिनी, पृतना, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । 

  • न्युज बहार संवाददाता

थप