Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘रिमै’को प्रिमिएर सम्पन्न

  •   १ वर्ष अघि | १९ भदौ २०८२, बिहिबार

भदौ १९, काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को प्रिमिएर बुधबार साँझ रञ्जना सिनेप्लेक्स, न्युरोडमा सम्पन्न गरिएको छ।

प्रिमिएर समारोहमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायत थुप्रै कलाकार तथा रंग पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रिमिएर अघि गुरुङ समुदायको सांस्कृतिक पहिचान झल्किने सोरठी नाच प्रस्तुत गरिएको थियो। यस अवसरमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई र रिश्मा गुरुङ गुरुङ जातिको पारम्परिक भेषभूषामा सजिएर देखिएका थिए।

फिल्म हेरेका अधिकांश दर्शक तथा फिल्मकर्मीहरूले 'रिमै' राम्रो बनेको प्रतिक्रिया दिएका छन्

  • न्युज बहार संवाददाता

थप