साउन १३,
काठमाडौँ । यही साउन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ ले आफ्नो प्रचारप्रसार जारी
राखेको छ । यस फिल्ममा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ भने फिल्मले
कणालीको कथामा बोकेको छ ।
फिल्मका
निर्देशक राजबहादुर सानेका अनुसार ‘सिटामोल’ कर्णाली क्षेत्रको गरिबी बेच्न
नभई त्यहाँ व्याप्त समस्याहरूको समाधान खोज्न निर्माण भएको फिल्म हो ।
निर्देशक
सानेले भने ‘फिल्म
मार्फत हामीले गरिबी बेच्न खोजेका होइनौँ, समस्या देखाएर समाधान होस् भन्ने
उद्देश्य राखेका हौ, म स्वयं जुम्लामा जन्मिएको हुँ
।
उनका
अनुसार कर्णालीको तेस्रो पुस्तासम्मको पीडादायी यथार्थ आफुले देखेको र
भोगेका
छन । सोही त्यही घटनाहरूलाई उनले फिल्ममा राखेका छन । अहिले धेरै कुरा सहज भए पनि
कर्णाली अझै पनि विकट नै रहेको उनको धारणा छ ।
- न्युज बहार संवाददाता