Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रवि लामिछाने माथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको रास्वपाको दाबी

  •   १२ महिना अघि | २४ साउन २०८२, शुक्रबार

साउन २३, काठमाडौँ । आफ्ना सभापति रवि लामिछाने निर्दोष रहेको र उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले आज शुक्रबार बसेको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेमाथि लगाइएको अभियोग राजनीतिक प्रतिशोध बाहेक केही नभएको र कानुनी तथा राजनीतिक लडाइँ जारी राख्ने बताएका हुन् ।

अन्य दलका नेताहरूको नैतिक आचरणमाथि प्रश्न उठाउँदै प्रवक्ता झाले सरकार र प्रहरी प्रशासनले दोहोरो मापदण्ड अपनाएको आरोप समेत लगाएका छन ।

 

  • न्युज बहार संवाददाता

थप