फागुन ८, काठमाडौँ । आज मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना व्यक्ती पक्राउ परेका छन् ।
एसएसपी कृष्णहरि शर्माका अनुसार अर्धठोस बनाएर ल्याइएको सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
दुबईबाट सोमबार राति आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको र उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौँ शर्माले जनाएका छन ।
- न्युज बहार संवाददाता