Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ नयाँ गित सार्वजनिक

  •   १ वर्ष अघि | १२ साउन २०८२, आइतवार

साउन ११, काठमाडौँ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक भएको छ । अन्जु पन्त र एसडी योगीको स्वरमा रहेको उक्त गीतमा हर्क साउदको शब्द र एसडी योगीकै सङ्गीत रहेको छ ।

यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, मिरुना मगर, केकी अधिकारी, गौरव पहाडी लगायतलाई फिचर्ड गरिएको छ ।

गीतमा प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा छन् । हिमाल न्यौपानेले निर्देशन गरेको फिल्म भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ भने फिल्ममा विजय बराल, मिरुना मगर, केकी अधिकारी, गौरव पहाडी, भोलाराज सापकोटा, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप