Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२५.८९ अंकले बढेर २७३१.८० विन्दुमा बन्द भयो नेप्से

  •   १ वर्ष अघि | २६ असार २०८२, बिहिबार

असार २६, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक  २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३१२ स्टकको ८८ हजार ६१५ पटकको कारोबारमा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँबराबरको २ करोड ६४ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वाधिक ८.१५ प्रतिशतले माइ खोला हाइड्रोपावरको शेयरमूल्य बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९.९२ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ५७ करोड ५ लाख ७७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक ३.०२ प्रतिशतले बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ । यस दिन व्यापार र जलविद्युत उपसमूहको परिसूचक सामान्य घटेको छ।

  • न्युज बहार संवाददाता

थप