भदौ १९, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने संकेत गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, "सञ्जालहरू बन्द भई नखुल्दासम्म तिनीहरूले विथोलेका सकारात्मक सामाजिक परम्पराहरू पुनःस्थापित गर्न प्रयास गरौँ, यसले सन्तोषजनक अनुभव दिन्छ।"
सरकारले
सामाजिक सञ्जाल दर्ता गर्न दिएको समय सीमा हिजो राति १२ बजे सकिएको छ, र अब दर्ता नभएका फेसबुक लगायतका
सञ्जालहरू बन्द गर्ने तयारीमा सरकार रहेको बताइएको छ।
- न्युज बहार संवाददाता