फागुन ९,
काठमाडौँ । राजधानी काठमाडौँको सितापाइलामा भेटिएका ३ जना मृत व्यक्तीको हत्या
भएको आशंका गरिएको छ । सितापाइलाको घटनास्थलमा ८ वर्ष र साढे दुई वर्षका बच्चा र ३८ वर्षीया महिलाको शव फेला परेको छ ।
जिल्ला
प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानबाट
हत्या आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
- न्युज बहार संवाददाता