माघ २९, काठमाडौँ । फागुन १ गते सार्वजनिक
बिदा नरहेको सरकारले जनाएको छ ।
गृह मन्त्रालयले आज सोमबार एक विज्ञप्ति जारी गरी यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचना अनुसार २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध गरिएको हो ।
फागुन १ गते जनयुद्ध दिवस भनेर सरकारी क्यालेन्डरमा बिदा उल्लेख गरिएको थियो । तर सरकारको नाममा सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन अन्तरिम आदेश दिएकाले अहिले गृह मन्त्रालयले विदा नहुने सुचना प्रकाशित गरेको हो ।
- न्युज बहार संवाददाता